`

रास्वपा सांसद गेलाल डिग्री पढेका, मेयरकाे सरुवा हुँदैन भन्ने ज्ञान नभएका [भिडियो]

Nepal One HD २१ असार २०८३ १३:४७
प्रमुख खबर

काठमाडौं। रास्वपा सांसद पारशमणि गेलाल मेयरको सरुवा गर्ने भनेपछि यतिबेला भाइरल छन् ।

मेयर होस् वा उपमेयर कसैको सरुवा हुँदैन । तर, कर्मचारीलाई जस्तो सरुवा गर्न मिल्छ भन्ठानेर उनले मेयरलाई नै सरुवा गर्ने भिडियोमा सुनिन्छ ।

जबकि सांसद गेलालले डिग्री पढेका हुन् । तर, पढेर के गर्नु ? मेयरको सरुवा हुँदैन भन्ने कानुनी ज्ञानसमेत छैन । उनी यतिबेला ट्रोलको शिकारसमेत बनेका छन् ।

उनलाई मानिसहरूले खिसी गरिरहेका छन् । कतिले कठै हाम्रो माननीय भन्दै विचारभाव प्रकट गरेका छन् ।

विगतमा रास्वपाले अरु दलका उम्मेदवारहरूलाई हेपेर नजान्ने भन्दै आफ्ना उम्मेदवारहरूलाई निर्वाचित गराउनु भन्दै जनतामाझ नारा लगाए– जान्नेलाई छान्ने । जनताले पनि होलान् त जान्ने भन्दै छाने ।

तर, यतिबेला सांसद गेलाल मेयर सरुवा गर्छु भन्छन् त अर्की सांसद आशिका तामाङ पार्टीको निर्वाचन आयोग हुन्छ भन्ने थाहा पाउँदिनन् । पत्रकारहरूले केही सार्वजनिक मामिलामा प्रश्न गरे भन्छन् – सिक्दैछु।

चुनावमा आफूलाई जान्ने भनेर जनतामाझ गएका र जनताले जिताएपछि सिक्दैछु भन्ने रास्वपा सांसदहरूको यस्तो शैली उधेकलाग्दो देखिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *