`

खुस्बु ओली बोलिरहँदा सभामुखको अगाडिबाट बालेन र रवि हिँडेपछि संसद्मा एमालेको नियमापत्ति

Nepal One HD ३० असार २०८३ १३:४८
नेकपा एमाले

काठमाडौं । नेकपा (एमाले) का प्रमुख सचेतक ऐन महरले प्रतिनिधिसभा बैठकमा नियमापत्ति जनाउँदै प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको व्यवहारप्रति आपत्ति जनाएका छन्।

मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै महरले प्रतिनिधिसभा नियमावलीको उल्लेख गर्दै सांसद खुस्बु ओलीले बोलिरहेको समयमा प्रधानमन्त्री बालेन र रवि लामिछाने सभामुखको आसनअगाडिबाट हिँडेको भन्दै त्यसलाई संसदीय मर्यादाविपरीतको कार्य भएको बताए।

उनले संसद्को कार्यवाही सञ्चालन भइरहेका बेला कुनै सांसदले आफ्नो धारणा राखिरहेको अवस्थामा सभामुखको आसनअगाडिबाट आवतजावत गर्नु संसदीय अभ्यास र नियमावलीअनुकूल नभएको उल्लेख गरे। यस्ता गतिविधिले संसद्को गरिमा र मर्यादामा असर पर्ने भएकाले नियमावलीको पालना गर्न उनले सभामुखमार्फत सबै सांसदको ध्यानाकर्षण गराए।

महरले भविष्यमा यस्ता घटना दोहोरिन नदिन सभामुखबाट आवश्यक निर्देशन जारी गर्नसमेत आग्रह गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *