`

एक सुका मात्रै घुस खाएको थाहा पाएँ आफैं एक्सनमा उत्रिन्छु भन्दै बोले गृहमन्त्री सुदन गुरुङ

Nepal One HD १ साउन २०८३ २०:४५
बिशेष

गोरखा । गृहमन्त्री सुधन गुरुङले एक सुका मात्रै घुस खाएको थाहा पाएँ आफैं एक्सनमा उत्रिने बताएका छन् । आज साँझ जिल्ला प्रशासन कार्यालय गोरखाका कर्मचारीसँगको भेटमा भ्रष्टाचारप्रति सरकारको ‘शून्य सहनशीलता’ नीति रहेको भन्दै मातहतका कर्मचारीलाई घुसखोरी र अनियमिततामा संलग्न भए कडा कारबाही हुने चेतावनी दिए ।

गृहमन्त्री गुरुङले एक रुपैयाँ घुस लिएको प्रमाण भेटिए पनि आफू व्यक्तिगत रूपमा कारबाही प्रक्रिया अघि बढाउने बताएका हुन्।

उनले भने, ‘मेरो मातहतको देशभरिको कुनै पनि कर्मचारीले एक रुपैयाँ वा एक सुका मात्रै घुस खाएको थाहा पाएँ भने म आफैं एक्सनमा उत्रिन्छु।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *