पेलेले लगाएको जर्सी ४९ लाख अमेरिकी डलरमा बिक्री
खेलकुद
फिफा विश्वकप( २०५८ को फाइनलमा पेलेले लगाएको जर्सी ४९ लाख अमेरिकी डलरमा बिक्री हुन पुगेको छ । अमेरिकाको न्युयोर्कमा आयोजित सोथेबीजको लिलामीमा ४९ लाख अमेरिकी डलरमा जर्सी बिक्री भएको हो।
यो फुटबल इतिहासमा लिलामीमा बिक्री भएको दोस्रो सबैभन्दा महँगो जर्सी हो। अर्जेन्टिनाका डिएगो म्याराडोनाले लगाएको जर्सी ९५ लाख डलरमा बिक्री भएको थियो। अर्जेन्टिनाका महान् खेलाडी डिएगो म्याराडोनाले सन् १९८६ को विश्वकपमा इङ्ग्ल्यान्डविरुद्धको चर्चित ‘ह्यान्ड अफ गड’ गोल गर्दा लगाएको जर्सी अहिलेसम्मकै सबैभन्दा महँगो मूल्यमा बिक्री भएको हो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
