`

एम्बाप्पेले ताेडे मेस्सीको कीर्तिमान

Nepal One HD ३ साउन २०८३ ७:३८
खेलकुद

काठमाडौं ।फिफा विश्वकप २०२६ मा फ्रान्सका कप्तान केलियन एम्बाप्पेले नयाँ कीर्तिमान कायम गरेका छन्। इङ्गल्यान्डविरुद्ध तेस्रो स्थानका लागि भएको खेलमा दुई गोल गर्दै उनले विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ताको नयाँ रेकर्ड बनाएका हुन्।

खेलको दोस्रो हाफको ४८औँ मिनेटमा व्यक्तिगत पहिलो गोल गर्दै एम्बाप्पेले जारी विश्वकपमा आफ्नो नवौँ गोल पूरा गरेका थिए। उक्त गोलसँगै उनले अर्जेन्टिनाका कप्तान लियोनल मेसीको विश्वकपमा सर्वाधिक २१ गोलको कीर्तिमान बराबरी गरेका थिए।

त्यसपछि ६६औँ मिनेटमा एम्बाप्पेले अर्को उत्कृष्ट गोल गर्दै जारी प्रतियोगितामा आफ्नो गोल संख्या १० पुर्‍याए। यससँगै उनले विश्वकप इतिहासमा कुल २२ गोल गर्दै मेसीको कीर्तिमानलाई उछिन्दै नयाँ रेकर्ड आफ्नो नाममा लेखाएका छन्।

यद्यपि एम्बाप्पेको उत्कृष्ट व्यक्तिगत प्रदर्शन फ्रान्सलाई जित दिलाउन भने पर्याप्त हुन सकेन। उच्च स्कोरिङ खेलमा फ्रान्स इङ्गल्यान्डसँग ६–४ गोलले पराजित हुँदै प्रतियोगिता चौथो स्थानमा सीमित भएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *