`

स्पेन उपाधिका लागि योग्य थियो : अर्जेन्टिनी प्रशिक्षक स्कालोनी

Nepal One HD ४ साउन २०८३ २१:१०
खेलकुद

अर्जेन्टिनाका प्रशिक्षक लियोनेल स्कालोनीले आइतबार सन् २०२६ विश्वकप फाइनलमा आफ्नो टोली १–० ले अतिरिक्त समयमा हारेपछि स्पेन नै राम्रो टोली रहेको स्वीकार गर्नुभएको छ । खेलको अन्तिम समयतिर बदलामा खेल मैदान छिरेका फेरान टोरेसले अतिरिक्त समयको दोस्रो हाफमा गोल गरेपछि १० खेलाडीमा सीमित अर्जेन्टिनालाई पराजित गर्दै स्पेनले मेटलाइफ स्टेडियममा १–० को जित हासिल गरेको हो ।

लियोनेल मेसीको नेतृत्वमा रहेको दक्षिण अमेरिकी च्याम्पियन टोली अर्जेन्टिना लगातार दुई पटक विश्वकप जित्ने सन् १९६२ पछिको पहिलो टोली बन्ने प्रयास सफल हुन सकेन ।

“उनीहरू नै राम्रो टोली थिए । यो सत्य हो, तर म मेरो टोली र उनीहरूले हासिल गरेको उपलब्धि र यो टोलीसम्म आइपुग्नुको मूल्यलाई सधैँ सम्झिरहनेछु,” स्कालोनील खेलपछिको प्रेस सम्मेलनमा भावुक मुद्रामा प्रस्तुत हुनुभएका स्कालोनीले भन्नुभयो । उहाँ अन्तवार्ताकै क्रममा निकै भावुक भई आफुलाई नियन्त्रण गर्न नसकेपछि अन्तवार्ताकै क्रममा बाहिरिनुभएको थियो ।
अन्तवार्ताका क्रममा उहाँले भन्नुभयो, “यो उपलब्धिलाई ठूलो मूल्य दिनुपर्छ किनकि यसका लागि अथाह मेहनत लाग्छ।”

खेल सकिएको अन्तिम सिट्ठीपछि अर्जेन्टिनाका मिडफिल्डर लियोनार्डो पेरेडेस संलग्न झगडा रोक्नुपरेको बताउँदै स्कालोनीले आफ्नो टोलीले हालका सफलताहरू मनाउँदा जस्तै पराजय पनि सहज रूपमा स्वीकार गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “हामी जितमा उदार छौँ र हारमा पनि उदार हुनुपर्छ । आज हामीले हार्न पनि जान्ने देखाएका छौँ ।” उहाँले थप्नुभयो, “हामीले खेल हारेका छौँ र स्वीकार गर्छौं, तर यसको मतलब यो होइन कि यहाँसम्म आउनका लागि गरेका सबै कुरा बिर्सिन्छौँ। यसका लागि हाम्रो अथक परिश्रम परेको छ।”

उहाँले क्यानडा, मेक्सिको र संयुक्त राज्य अमेरिकामा भएको सन् २०२६ विश्वकपमा अद्भुत समर्थन दिने फ्यानहरूलाई धन्यवाद दिनुभयो । “अर्जेन्टिनाका सवै नागरिकप्रति, खेलाडीप्रति र देशप्रति म भन्न चाहन्छु कि हामीले आफ्ना सबै सामथ्र्य खेल जित्नका लागि लगाएका थियौँ,” उहाँले भन्नुभयो ।

सफल प्रशिक्षक स्कालोनीले भन्नुभयो, “हामी यथार्थपरक अवस्थाबाट यहाँ आएका थियौँ । खेलाडीहरूले मैदानमा सबै थोक दिन्छन् जसरी आज दिए । त्यो हाम्रो जनता र देशका लागि ठूलो उदाहरण बन्नेछ ।”

“हामीले फेरि उठ्नै पर्छ, अर्को विकल्प छैन,” उहाँले थप्नुभयो । लगातार दोस्रो पटक विश्वकप फाइनलमा पुग्नु नै अर्जेन्टिनाको ठूलो उपलब्धि रहेको ४८ वर्षीय स्कालोनीले बताउनुभयो । उहाँले भन्नुभयो, “म दोस्रो स्थानलाई निश्चय पनि मूल्यवान ठान्छु किनकि यो हारसँगै अन्य टोलीहरूसँगको जीत पनि थियो । यहाँसम्म आउन निकै कठिन छ र यसले ठूलो सम्मान पाउनुपर्छ।”

स्कालोनीले पछि अर्जेन्टिनाको प्रशिक्षकको रूपमा आफ्नो लामो भविष्यबारे शङ्का व्यक्त गर्दै डिसेम्बरमा आफ्नो सम्झौता सकिएपछि राजीनामा दिन सक्ने सङ्केत पनि गर्नुभयो । यद्यपि, अर्जेन्टिनाका सञ्चारमाध्यमहरूले भने उहाँले सन् २०३० को विश्वकपसम्म रहने भनी मौखिक सहमति गरिसक्नुभएको उल्लेख गरेका छन् ।

स्कालोनीले भन्नुभयो, “मलाई थाहा छ म के गर्न चाहन्छु। म सम्झौता पूरा गर्नेछु र त्यसपछि हेर्नेछु।”“मलाई सोच्न आवश्यक छ, किनकि यति ठूलो उपलब्धि दोहो¥याउन सम्भव छ वा छैन मलाई थाहा छैन,” स्कालोनीले प्रेस सम्मेलनमा भावुक हुँदै भन्नुभयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *