`

रास्वपाको सांसदलाई सातबुँदे निर्देशन

Nepal One HD ५ साउन २०८३ २०:४९
बिशेष

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सांसदहरूको निर्वाचन क्षेत्र भ्रमणलाई व्यवस्थित, प्रभावकारी र जनमुखी बनाउन सातबुँदे कार्यदिशा जारी गरेको छ।

पार्टीका अनुसार क्षेत्र भ्रमणअघि सम्बन्धित प्रदेश, जिल्ला र पालिका समितिसँग अनिवार्य समन्वय गर्नुपर्नेछ। भ्रमणका क्रममा स्थानीय संगठनसँग बैठक, जनप्रतिनिधिसँग छलफल तथा नागरिकसँग प्रत्यक्ष अन्तरक्रिया गर्नुपर्ने व्यवस्था गरिएको छ।

भ्रमणका क्रममा प्राप्त जनगुनासा, सुझाव र स्थानीय समस्यालाई व्यवस्थित रूपमा अभिलेखीकरण गरी पार्टी र संसदीय दलमा पेश गर्नुपर्ने पनि कार्यदिशामा उल्लेख छ।

रास्वपाले सांसदहरूलाई अनावश्यक तडकभडक र खर्चिला कार्यक्रम नगर्न, मितव्ययी, पारदर्शी र जनउत्तरदायी शैली अपनाउन निर्देशन दिएको छ।

पार्टीले सांसदहरूको क्षेत्रीय गतिविधिलाई दीर्घकालीन संगठन निर्माण, जनविश्वास अभिवृद्धि तथा संसदमार्फत जनताका मुद्दा प्रभावकारी रूपमा उठाउने रणनीतिसँग जोडेर अघि बढाइने जनाएको छ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *