मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
प्रशासन
बागमती – जिल्ला प्रशासन कार्यालय, मकवानपुरले जिल्लाबाट गरिने राहदानीको अनलाइन फारम इन्ट्री कार्य केही समयको लागि स्थगित गरेको छ ।
कार्यालयका तर्फबाट प्रशासकीय अधिकृत सन्तोष सुवेदीले आज सूचना जारी गर्दै राहदानी विभागबाट नयाँ प्रणालीमार्फत राहदानी जारी गर्ने प्रक्रिया सुरू भएको जानकारी दिए।
नयाँ प्रणालीमार्फत राहदानी जारी गर्ने प्रक्रिया प्रारम्भिक चरणमा रहेको भन्दै प्रशासनले प्राविधिक कठिनाइका कारण यस कार्यालयबाट अनलाइन फारम इन्ट्री गर्ने कार्य केही समयको लागि स्थगित गर्नुपर्ने भएको जनाएको हो ।
कार्यालयबाट अर्को सूचना जारी नभएसम्मको लागि वैकल्पिक व्यवस्था गर्नुहुन पनि प्रशासनले सबैमा आग्रह गरेको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
