`

रौतहटमा सांसद गणेश पौडेलमाथि दुर्व्यवहार गर्ने दुई जना पक्राउ

Nepal One HD १४ साउन २०८३ ९:१८
राजनीति

काठमाडौं प्रतिनिधिसभा सदस्य गणेश पौडेलमाथि अपमानजनक र अमानवीय व्यवहार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । रौतहटको गढीमाई नगरपालिका वडा नं। ७ पर्सास्थित मठ मन्दिर नजिकै जनतासँग गुनासो सुनुवाइ गरिरहेका पौडेलमाथि ती युवकले पर्चाहरू फ्याँक्दै अपमानजनक र अमानवीय व्यवहार गरेको जनाइएको छ ।

पक्राउ पर्नेमा रौतहट गढीमाई नगरपालिका वडा नं। ०३ घर भई ऐ। वडा नं। ७ धनाडी बस्ने वर्ष २० का शेख ईवरान र गढीमाई नगरपालिका वडा नं। ३ गम्हरिया बस्ने वर्ष १९ का ईर्फान अंसारी रहेका छन् । जिल्ला प्रहरी कार्यालय रौतहट र इलाका प्रहरी कार्यालय गरुडाबाट खटिएको संयुक्त प्रहरी टोलीले घटनामा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको हो

साउन १३ गते राति अन्दाजी ९ बजेको समयमा पौडेल रौतहट निर्वाचन क्षेत्र नं। ४ का जनताका गुनासाहरू सुनिरहेका थिए । सोही क्रममा केही अपरिचित व्यक्तिहरू उक्त स्थानमा आइपुगेका थिए ।

उनीहरूले ‘मधेस मुक्ति अभियान जिन्दावाद लेखेको पर्चा र मधेस मुक्ति अभियान जिन्दावाद, फिर्ता होऊ नेपाली माननीय मुर्दावाद, नेपाली उपनिवेश अन्त हो, झापा देखि कञ्चनपुर सम्मको मधेस स्वतन्त्र हो’ भनी लेखिएका पर्चाहरू फ्याँकेका थिए । त्यसपछि उनीहरूले प्रतिनिधि सभा सदस्य पौडेलमाथि अपमानजनक तथा अमानवीय व्यवहार गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *