`

२५ लाख बराबरको भन्सार छलीको सामान बरामद

Nepal One HD २० साउन २०८३ ५:५९
समाचार

झापा । झापाको मेचीनगर नगरपालिका-७ को एक घरबाट प्रहरीले करिब रु २५ लाख मूल्य बराबरको भन्सार छलीका अवैध सामान बरामद गरेको छ ।

विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय काँकरभिट्टा र सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म काँकरभिट्टाको संयुक्त टोलीले मंगलबार बिहान स्थानीय कोपिला तामाङको भान्छा घरमा खानतलासी गर्दा भारतबाट अवैध रूपमा भन्सार छली भण्डारण गरी राखिएका सामान बरामद गरेको हो।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रञ्जन अवाका अनुसार तामाङको भान्छा घरबाट २० बोरा र १० कार्टुन सामान नियन्त्रणमा लिइएको हो। उनका अनुसार विभिन्न प्रकारका कपडा, मोटरका पाट्र्स र इलेक्ट्रोनिक्स सामान गरी कूल रु २४ लाख ९९ हजार ८१० को सामान बरामद गरिएको छ ।

बरामद गरिएका सम्पूर्ण सामान आवश्यक अनुसन्धान तथा कारबाहीका लागि मेची भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *