`

बेलायत पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

Nepal One HD २० साउन २०८३ १८:२०
समाचार

काठमाडौँ । धनुषा जनकनन्दिनी गाउँपालिका–२ का रिजवान शेषलाई पक्राउ गरिएको छ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी बेलायत पठाइदिन्छु भन्दै रु ७ लाख ठगी गरेको अभियोगमा शेषलाई पक्राउ गरिएको केन्द्रीय प्रहरी समाचारकक्षले जानकारी दिएको छ ।

पीडितको उजुरीका आधारमा काठमाडौँ महानगरपालिका–३१ बाट पक्राउ गरिएको हो । निजलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *