`

तत्कालीन निमित्त जिल्ला अधिकारीसहित दुई जनालाई आरोपपत्र दायर

Nepal One HD ३ भदौ २०८३ १८:१५
समाचार

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लमजुङ जिल्लाका दुई जना व्यक्तिलाई आज झुटा विवरण पेस गरेको आरोपमा विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको छ ।

सुन्दरबजारस्थित आर्दश बाल माध्यमिक विद्यालयमा माध्यमिक तहमा कार्यरत शिक्षक नवराज केसी र तत्कालीन जिल्ला शिक्षा कार्यालय लमजुङका निमित्त जिल्ला शिक्षा अधिकारी होमनाथ न्यौपानेविरुद्ध आरोपपत्र दायर गरिएको हो ।

आयोगका प्रवक्ता सुरेश न्यौपानेले आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुरमा सोही ऐनको दफा १६ को उपदफा (१) बमोजिमको कैद र जरिवाना र सजायको मागदाबी गरिएको जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *