`

विस्थापित अर्का सुकुम्बासीले पनि गरे आत्महत्या

Nepal One HD ४ भदौ २०८३ १६:०५
प्रमुख खबर

काठमाडौं। काठमाडौंको शान्तिनगर (गैरीगाउँ)स्थित सुकुम्बासी बस्ती हटाउने क्रममा घर भत्काइएपछि विस्थापित भएका अर्का व्यक्तिले आत्महत्या गरेका छन् ।

टिकाथलीमा डेरा गरी बस्दै आएका करिब ५० वर्षीय चम्बरबहादुर नेपालीले बुधबार आत्महत्या गरेको जनाइएको छ ।

उनी शान्तिनगरको बस्तीमा बस्दै आएका थिए ।

बस्ती हटाउने क्रममा घर भत्किएपछि नेपाली परिवारसहित डेरामा बस्न बाध्य भएका थिए । सरकारले उपलब्ध गराएको २५ हजार रुपैयाँ राहत लिएर उनी श्रीमती र छोराछोरीसहित टिकाथलीमा डेरा गरी बस्दै आएका थिए ।

नेपालीको परिवारमा सात जना सदस्य रहेको र उनीहरू उनको आम्दानीमा आश्रित रहेको बताइएको छ । घरबारविहीन भएपछि परिवारको आर्थिक अवस्था थप कठिन बनेको थियो ।

शान्तिनगरस्थित सुकुम्बासी बस्ती हटाउने क्रममा विस्थापित भएका व्यक्तिमध्ये आत्महत्याको घटना दोहोरिन थालेपछि विस्थापन, पुनःस्थापना र प्रभावित परिवारको सामाजिक–आर्थिक अवस्थामाथि गम्भीर प्रश्न उठेको छ ।

स्थायी बसोबासको व्यवस्था नगरी बस्ती हटाउँदा प्रभावित परिवारको रोजगारी, शिक्षा, स्वास्थ्य र दैनिक जीवनमा परेको असरबारे सम्बन्धित निकायले ध्यान दिनुपर्ने मागसमेत उठ्दै आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *