`

उषा मलाहाको नयाँ तीज गीत ‘चट्टै परेर’ सार्वजनिक

Nepal One HD ४ भदौ २०८३ १८:३१
भिडियो

काठमाडौं ३ भाद्र । नारी पर्व नजिकिदै गर्दा नेपाली मौलिक तीज संस्कृतिको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यसहित लोकप्रिय गायिका उषा मलाहा ‘सिम्रन’को नयाँ तिज गीत ‘चट्टै परेर’ सार्वजनिक भएको छ । गीत गायिकाको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

आधुनिकताको प्रभावसँगै मौलिक तिज गीत तथा परम्परागत संस्कृति ओझेलमा पर्दै गएको अवस्थामा सार्वजनिक गरिएको यस गीतले तीजको वास्तविक भावना, माइतीको माया, साथी संगीको सम्झना तथा यादहरूलाई जीवन्त रूपमा प्रस्तुत गरिएको छ ।

शब्द डीपी खनाल, संगीत देबेन्द्र बराल, एरेन्ज विश्व अधिकारी, मिक्स÷मास्टरिङ्ग किशोर थापा, रेकर्डिष्ट सुवास सिन्चुरी (एसएम स्टुडियो, अमेरिका), छायांकन दिनेश पराजुली, सम्पादन विवेक सुनारको रहेको गीतको भिडियोमा नेपाली समाजको मौलिक संस्कृति र तीजको महत्वलाई ठेट नेपाली शब्द तथा भावनामार्फत प्रस्तुत गरेको छ ।सुनिशा बजगाईं, सुशीला थापा लगायतको अभिनय रहेको भिडियोका कोरियोग्राफर रोशन विश्वकर्मा, निर्देशन शान थापाले गर्नु भएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *