बालेनले ‘बंक’ गरेको रास्वपा बैठकमा को-को सहभागी?
रास्वपाको केन्द्रीय समिति बैठक वनस्थलीस्थित घण्टीघरमा जारी छ।
बैठकमा स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोटको रूपरेखा, ‘राइट टु रिकल’ सम्बन्धी दस्ताबेज, संगठन व्यवस्थापन तथा विभिन्न पदमा मनोनयनलगायत दर्जनभन्दा बढी विषयमा छलफल हुने बताइएको छ।
तर, बैठककै दिन प्रधानमन्त्री शाह सडकमार्ग हुँदै पोखरा भएर मुस्ताङतर्फ निस्किएका हुन्। उनको भ्रमणबारे प्रधानमन्त्रीको सचिवालय र सुरक्षा संयन्त्रसमेत स्पष्ट जानकारी दिन अनिच्छुक देखिएका छन्।
प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले भ्रमणको पुष्टि गरे पनि यसको उद्देश्यबारे आफूहरूलाई जानकारी नभएको बताएका छन्। उनका अनुसार भ्रमणको उद्देश्य सार्वजनिक नगर्न निर्देशन दिइएको छ।
यसअघि प्रधानमन्त्री शाह धादिङको गजुरीस्थित नेपाली सेनाको भैरव दल गणमा पुगेका थिए। त्यहाँ केही समय बसेपछि उनी मुस्ताङतर्फ लागेको बताइएको छ।
प्रधानमन्त्री शाह पार्टीको केन्द्रीय समिति तथा अन्य आन्तरिक बैठकमा नियमित रूपमा सहभागी नहुने विषय यसअघि पनि चर्चामा आउने गरेको थियो। यसपटक भने पार्टीको महत्वपूर्ण बैठककै दिन उनी राजधानीबाहिर निस्किएपछि त्यसले थप राजनीतिक चासो जन्माएको छ।
रास्वपाको बैठकमा स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोटको मापदण्ड तथा प्रक्रिया अनुमोदन गर्ने, ‘राइट टु रिकल’ सम्बन्धी दस्ताबेज तयार गर्ने र संगठनात्मक व्यवस्थापनबारे छलफल गर्ने तयारी छ।
त्यसैगरी केन्द्रीय समिति तथा पदाधिकारी, सचिवालय सदस्य, विभागीय प्रमुख र स्थानीय निर्वाचनका लागि केन्द्रीय उम्मेदवार छनोट समितिका सदस्य मनोनयनसम्बन्धी विषय पनि बैठकका एजेन्डामा छन्।
बैठकमा को-को सहभागी ?























