गरिमाको न्यायका लागि अनेरास्ववियुले गर्यो विरोध प्रदर्शन
समाचार
काठमाडौं। बारामा बलात्कारपछि हत्या गरिएकी ३ वर्षीया गरिमा चौधरीको न्याय माग गर्दै अनेरास्ववियुले काठमाडौंमा विरोध प्रदर्शन गरेको छ ।
प्रदर्शनमा सहभागीहरूले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई तत्काल कानुनी कारबाहीको दायरामा ल्याउन माग गरेका छन् ।
गरिमाका लागि न्यायको माग गर्दै प्रदर्शनकारीहरूले ‘गरिमा चौधरीलाई न्याय दे!, दोषीलाई कारबाही गर’ जस्ता नारा लगाएका थिए।
उनीहरूले बालिकामाथि भएको जघन्य अपराधमा संलग्नलाई कुनै पनि बहानामा उन्मुक्ति दिन नहुने बताएका छन्।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
