`

१४ बुँदे सहमतिपछि घर फर्किए लघुवित्त पिडित

Nepal One HD ७ भदौ २०८३ ११:११
अर्थ समाचार

ललितपुर। पुल्चोकस्थित राष्ट्रिय मानव अधिकार आयोगको कार्यालयबाहिर धर्नामा बसेका लघुवित्त ऋणीहरू सरकारसँग १४ बुँदे सहमति भएपछि आज आ–आफ्नो घर फर्किएका छन् ।

नेपाल सरकार र ऋणीहरूका प्रतिनिधिबीच भदौ ६ गते भएको वार्तामा १४ बुँदे सहमति भएपछि उनीहरूले धर्ना कार्यक्रम स्थगित गरेका हुन् ।

सहमति भएपछि सरकारले आज बिहान ८ः५० बजेदेखि साझा यातायातका बसको व्यवस्था गरी ऋणीहरूलाई आ–आफ्नो गन्तव्यतर्फ पठाएको थियो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार विभिन्न सरकारी निकायका अधिकारीहरूको उपस्थितिमा ३२३ जना ऋणीलाई आठवटा बसमार्फत बिदाइ गरिएको हो ।

झापा, मोरङ, सर्लाही, महोत्तरी, सिन्धुली, बारा, पर्सा र नवलपरासीलगायत जिल्लाका ऋणीहरूलाई सम्बन्धित क्षेत्रतर्फ पठाइएको छ ।

सरकारसँग भएको सहमतिपछि लामो समयदेखि पुल्चोकमा धर्ना दिँदै आएका ऋणीहरू घर फर्किएका हुन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *