तीन वर्षीया बालिका घरपछाडिको झाडीमा मृत फेला
प्रमुख खबर
सप्तरी। सप्तरीको शम्भुनाथ नगरपालिका–३ मा ३ वर्षीया बालिका मृत अवस्थामा फेला परेकी छन्।
स्थानीय इरफानकी ३ वर्षीया छोरी सानिया खातुन घरपछाडिको झाडीमा मृत फेला परेकी हुन्। परिवारका अनुसार आइतबार बिहान करिब ९ बजेसम्म बालिका घरमै देखिएकी थिइन्।
त्यसपछि खोजी गर्ने क्रममा घरदेखि करिब ६० मिटर पछाडि झाडीमा बालिकाको शव फेला परेको हो।
घटनाको जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेको थियो। जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख प्रहरी उपरीक्षक रूपक खड्काका अनुसार घटनाबारे आवश्यक अनुसन्धान तथा छानबिन अघि बढाइएको छ।
प्रहरीले बालिकाको मृत्युको कारण खुलिनसकेको र घटनाका सबै पक्षबारे अनुसन्धान भइरहेको जनाएको छ।
घटनास्थलमा स्थानीयको बाक्लो भिड लागेको छ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
