सात देशमा कांग्रेसको नेतृत्व फेरियो, को-को बने सभापति?
काठमाडौं । नेपाली कांग्रेसको विदेशस्थित भ्रातृ संस्था जनसम्पर्क समितिको नयाँ नेतृत्व चयन प्रक्रिया तीव्र बनेको छ ।
पार्टीको विशेष महाधिवेशनअघि सातवटा देशका जनसम्पर्क समितिले अधिवेशन गरेर नयाँ नेतृत्व चयन गरेका थिए । त्यसपछि पार्टीको केन्द्रीय नेतृत्व परिवर्तन भएसँगै थप सात देशका समितिले पनि अधिवेशन गरेका छन् ।
विशेष महाधिवेशनअघि अधिवेशन सम्पन्न गर्ने जनसम्पर्क समितिमा कुवेत, नर्वे, बहराइन, ओमान, साउदी अरेबिया, यूएई र मलेसिया छन् ।
हालसालै अधिवेशन सम्पन्न गर्ने थप देशका जनसम्पर्क समितिमा अमेरिका, जापान, भारत, बेल्जियम, फ्रान्स, दक्षिण कोरिया र नेदरल्याण्ड छन् ।
अधिवेशनबाट कुवेतमा केशर घलान, नर्वेमा पारसमणि मिश्र, बहराइनमा शेरबहादुर रावत, ओमानमा सञ्जयकुमार साह, साउदी अरेबियामा तुसनबहादुर थापा, यूएईमा भुवानीप्रसाद तिमिल्सिना र मलेसियामा चोलाकान्त पंगेनीको नेतृत्वमा नयाँ समिति बनेको छ ।
त्यस्तै, जापानमा राजेन्द्रकुमार जमरकट्टेल, दक्षिण कोरियामा भजिन्द्र क्षेत्री, नेदरल्यान्डमा जितेन्द्रकुमार श्रेष्ठ, बेल्जियममा देवेन्द्र शर्मा (देबु), फ्रान्समा शिवराम भण्डारी, भारतमा दिपक झा, अमेरिकामा मुनिन्द्र नेम्बाङ र हङकङमा शैलेन्द्रसिंह बोगटी सभापति रहेको नयाँ समिति गठन भएको छ ।
नेपाली कांग्रेसका अनुसार विभिन्न ३७ देशमा जनसम्पर्क समिति रहेका छन् ।
