तिब्बतबाट आएकाे बाढीले रसुवामा ठूलाे मानवीय क्षतिकाे आशंका (भिडियाे)
बिशेष
काठमाडाैं । तिब्बतबाट आएकाे बाढीले रसुवामा ठूलाे मानवीय क्षति भएकाे आशंका गरिएकाे छ ।
तटीय क्षेत्रकाे बजार नै बगाएकाे छ । टिमुरे बजार र अर्काे एउटा बजार बगाएकाे हाे । प्रहरीका तीन कार्यालय बगाएकाे छ ।
टिमुरे, स्याप्रुवेंसी र रसुवागढीमा ठूलाे क्षति पुगेकाे रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले बताए ।
यसैबीच नेपाली सेनाका दुईवटा हेलिकप्टर रसुवा उडेकाे छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सबै हेलिकप्टर कम्पनीहरुलाई अलर्टमा रहन निर्देशन दिएकाे छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
