`

भोटेकोशी बाढी : सभामुख अर्यालद्वारा उच्च सतर्कता अपनाउन आग्रह

Nepal One HD १० भदौ २०८३ ११:४५
बिशेष

काठमाडौं । तिब्बततर्फबाट भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र चितवनलगायत तल्लो तटीय क्षेत्रमा क्षति पुगेपछि सभामुख डोलप्रसाद अर्यालले चासो व्यक्त गरेका छन् ।

सभामुख अर्यालले सामाजिक सञ्जालमार्फत तल्लो तटीय क्षेत्रमा रहेका नागरिकलाई उच्च सतर्कता अपनाउँदै सुरक्षित स्थानमा रहन आग्रह गरेका हुन् ।

उनले जोखिमयुक्त क्षेत्रमा रहेका नागरिकको सुरक्षालाई प्राथमिकतामा राख्न आग्रह गर्दै बाढी प्रभावित क्षेत्रमा तत्काल उद्धार तथा राहतका काम अघि बढाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

सभामुख अर्यालले संघ, प्रदेश र स्थानीय तीनै तहका सरकारबीच प्रभावकारी समन्वय गरी प्रभावितको उद्धार र राहतमा जुट्न आग्रह गरेका छन् ।

उनले कठिन परिस्थितिमा सरकारी निकाय, सुरक्षा संयन्त्र र स्थानीय समुदायबीचको समन्वय र सतर्कताबाट सम्भावित मानवीय क्षति न्यूनीकरण गर्न सकिने बताएका छन् ।

भोटेकोशीमा आएको बाढीका कारण रसुवाको टिमुरे, स्याफ्रुबेँसीलगायत क्षेत्रमा ठूलो क्षति पुगेको छ भने त्यसको प्रभाव तल्लो तटीय क्षेत्रमा समेत पर्न सक्ने जोखिम बढेको छ ।

प्रशासनले नदी किनारका बस्तीमा उच्च सतर्कता अपनाउन आग्रह गर्दै उद्धार तथा सुरक्षा संयन्त्रलाई परिचालन गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *