`

भोटेकोशी बाढी : टिम्बुरेबाट ८ हजार मानिस बगाएको आशंका

Nepal One HD १० भदौ २०८३ ११:५४
बिशेष

काठमाडौं। भोटेकोशी नदीमा आएको बाढीले टिम्बुरे क्षेत्रबाट मात्रै ८ हजार मानिस बगाएको हुन सक्ने आशंका गरिएको छ ।

गोसाईंकुण्ड गाउँपालिका–२ का वडा सदस्य पेमा दोर्जे घलेका अनुसार त्यति संख्यामा मानिस बगाएको हुन सक्ने बताए ।

बजारको सयौँ घर बगाएको र धन्नले आफूसहित करिब २ जना भने सुरक्षित स्थानमा जान सफल भएको बताए ।

बाढी अकस्मात् आएको हुनाले अधिकांश मानिसहरू सुरक्षित स्थानमा जान नसकिएको उनको भनाइ छ ।

अहिले बजार केही बाँकी नरहेको र बजारमाथि भीषण बाढी रहेको बताए । उनले आफूहरूको उद्धार गर्न आग्रह गरेका छन् ।

नदीदेखिमाथिको खुला ठाउँमा करिब २ सय नागरिक रहेको र पानी मात्रै खाएर बसेको बताए ।

अहिलेसम्म उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर नआएको भन्दै गुनासो गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *