रसुवामा सम्पर्कविहीन प्रहरी धमाधम सम्पर्कमा, १३ अझै बेपत्ता
बिशेष
काठमाडौं । रसुवामा आएको भीषण बाढीका क्रममा सम्पर्कविहीन भएका नेपाल प्रहरीका केही कर्मचारी सम्पर्कमा आएका छन् । सम्पर्कमा आएकामध्ये अधिकांश घाइते रहेको प्रहरीले जनाएको छ ।
केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी अबिनारायण काफ्लेका अनुसार टिमुरेमा रहेका १० जना प्रहरी सम्पर्कमा आएका छन् भने १३ जना अझै सम्पर्कविहीन छन् ।
त्यस्तै, स्याफ्रुबेँसीबाट चार जना र मैलुङबाट एक जना प्रहरी सम्पर्कमा आएका छन् । रसुवागढीलगायतका क्षेत्रमा रहेका केही प्रहरी भने अझै सम्पर्कबाहिर रहेको काफ्लेले जानकारी दिए ।
सम्पर्कमा आएका तथा घाइते प्रहरीलाई तत्काल उद्धार गरी उपचारका लागि काठमाडौं ल्याउने प्रयास भइरहेको उनले बताए ।
बाढीका कारण रसुवाका विभिन्न प्रहरी कार्यालय तथा सुरक्षा संरचनामा समेत क्षति पुगेकाले उद्धार कार्यमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
