`

रसुवा र नुवाकोटलाई १–१ करोड, धादिङलाई ५० लाख पठाइने

Nepal One HD १० भदौ २०८३ १३:०५
अर्थ समाचार

काठमाडौं। सरकारले बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङका जिल्ला विपद् व्यवस्थापन समितिलाई तत्काल रकम उपलब्ध गराउने निर्णय गरेको छ ।

विपद् परिषद्को आपत्कालीन बैठकपछि विपद् जोखिम न्यूनीकरण विज्ञ डा. धर्मराज उप्रेतीले रसुवा र नुवाकोटलाई १-१ करोड तथा धादिङलाई ५० लाख रुपैयाँ पठाउने निर्णय भएको जानकारी दिए।

उनका अनुसार उक्त रकम जिल्ला विपद् व्यवस्थापन कोषमार्फत पठाउने प्रक्रिया अघि बढाइएको छ । उपलब्ध रकम तत्कालीन उद्धार, राहत तथा विपद् व्यवस्थापनमा प्रयोग गरिनेछ ।

विपद्को अवस्थाबारे थप निर्णय मन्त्रिपरिषद्को बैठकबाट हुने उप्रेतीले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *