बाढीका कारण प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम स्थगित
बिशेष
काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा हुने भनिएको प्रधानमन्त्री वालेन्द्र शाहसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम स्थगित भएको छ ।
दिउँसो १ बजेका लागि तय गरिएको प्रश्नोत्तर कार्यक्रम भोटेकोशीमा आएको बाढीले विभिन्न जिल्लामा ठूलो क्षति पुर्याएपछि स्थगित गरिएको हो ।
संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार आजको बैठक संक्षिप्त रूपमा बस्ने तयारी भइरहेको छ । उनले बैठकका विषयमा छलफल भइरहेको जानकारी दिए ।
भोटेकोशीको बाढीबाट रसुवा, नुवाकोट, धादिङ, चितवनलगायतका क्षेत्रमा क्षति पुगेपछि प्रधानमन्त्री शाह विपद्पछिको खोज, उद्धार तथा राहत व्यवस्थापनका विषयमा विभिन्न संयन्त्रसँगको छलफलमा व्यस्त छन् ।
यसै कारण प्रधानमन्त्रीसँग सांसदहरूले प्रत्यक्ष प्रश्न गर्ने र प्रधानमन्त्रीले जवाफ दिने कार्यक्रम अर्को समयका लागि सारिएको हो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
