त्रिशुली बजारमा उद्धार जारी, अस्पतालबाहिर आफन्तको आर्तनाद [तस्वीरहरू]
काठमाडौं। भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीपछि नुवाकोटको त्रिशूली बजार क्षेत्रको अवस्था अझै भयावह बनेको छ ।
नेपाली सेनासहितका सुरक्षाकर्मीले प्रभावित क्षेत्रमा हवाई उद्धारलाई निरन्तरता दिएका छन् । बाढीमा परेर घाइते भएकाहरूको श्री नं. १ सैन्य तालिम केन्द्र, त्रिशूली तथा चक्रदेव अस्पतालसहितका स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।
त्रिशूली नदी आसपासको क्षेत्रमा उद्धार तथा खोजी कार्य जारी रहे पनि बजार र आसपासका क्षेत्रमा बाढीले ठूलो क्षति पुर्याएको छ । घटनापछि मृतक, बेपत्ता तथा घाइतेका परिवार र आफन्तको भीड अस्पताल तथा नदी किनारमा बढेको छ ।
आफन्तको अवस्था थाहा पाउने आशामा अस्पताल र प्रभावित क्षेत्र पुगेका परिवारजनको आर्तनादले त्रिशूली बजार क्षेत्र थप शोकाकुल बनेको छ ।
सुरक्षाकर्मीले जोखिमका बीच बेपत्ता तथा प्रभावित नागरिकको खोजी र उद्धार गरिरहेका छन् । प्रभावित क्षेत्रमा थप जोखिम हुनसक्ने भएकाले स्थानीयलाई सुरक्षित स्थानमा रहन आग्रह गरिएको छ ।











