बालेनलाई मोदीको फोन, सहयोगको प्रतिबद्धता
बिशेष
काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’लाई फोन गरी नेपालमा आएको भीषण बाढीप्रति चिन्ता व्यक्त गरेका छन् ।
मोदीले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री शाहसँग फोनमा कुराकानी भएको जानकारी दिएका हुन् । कुराकानीका क्रममा उनले बाढीका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै नेपाल सरकार र नेपाली जनताप्रति सहानुभूति प्रकट गरेका छन् ।
मोदीले विपद्को यस कठिन घडीमा भारत नेपाललाई आवश्यक सबै प्रकारको सहयोग गर्न तयार रहेको बताएका छन् ।
रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले रसुवा, नुवाकोट, धादिङसहितका जिल्लामा ठूलो क्षति पुर्याएपछि उद्धार, राहत तथा पुनःस्थापनाका लागि सरकारका विभिन्न संयन्त्र परिचालन भइरहेका छन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
