`

सेन्ट पिटर्सबर्गमा कार बम बिषफोट, रूसी सैनिकको मृत्यु

Nepal One HD ११ भदौ २०८३ १८:४२
विश्व

रूसको सेन्ट पिटर्सबर्गमा बिहीबार कार विस्फोटमा एक सैनिक अधिकारीको मृत्यु भएको रूसी अनुसन्धानकर्ताहरूले जनाएका छन् ।

मस्कोको आक्रमण सुरु भएको चार वर्षभन्दा बढी समयदेखि किएभले रूसी सैन्य अधिकारीहरूमाथिको आक्रमणलाई बढाएको छ ।

रूसी अनुसन्धानकर्ताहरूले भनेका छन्, “शहरको दक्षिणी पुश्किन्स्की जिल्लामा कार विस्फोट हुँदा एक सैनिकको मृत्यु भएको छ भने घाइत एक सैनिकलाई अस्पताल भर्ना गरिएको छ।”

सेन्ट पिटर्सबर्गबाट प्रकाशन हुने समाचार च्यानल फोन्ताङ्काले एक रूसी सैनिकको मृत्यु भएको र उहाँकी पत्नी घाइते भएको रिपोर्ट गरेको छ ।

फोन्ताङ्काका अनुसार उक्त पुरुष रूसी वायुसेना र वायु रक्षा बलमा सेवा गर्दै थिए।

फोन्ताङ्काले भनेको छ, “दम्पतिलाई उनीहरूको घरबाट निस्कँदा निशाना बनाइएको थियो।”

घटनाबारे युक्रेनबाट तत्काल कुनै प्रतिक्रिया आएको छैन।

किएभले युद्धका समय भएका केही हत्याहरूको जिम्मेवारी दाबी गरेको छ भने अन्यमा मौनसमेत रहने गरेको छ ।

यी हत्याहरू कार बम, स्कुटरमा लुकाइएका विस्फोटक पदार्थ र गोलीकाण्डबाट गरिएका पाइन्छ ।

युद्धका क्रममा निशाना बनाइएका सबैभन्दा उच्च पदस्थ रूसी सैन्य अधिकारी लेफ्टिनेन्ट जनरल इगोर किरिलोभलाई सन् २०२४ डिसेम्बरमा मस्कोको आफ्नो अपार्टमेन्ट बाहिर हत्या गरिएको थियो ।

यी हत्याहरूले रूसी सेनाको मनोबल गिराउने गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *