`

‘मिर्जापुरः द मुभी’को दबदबा

Nepal One HD २० भदौ २०८३ १५:१५
चलचित्र

काठमाडौं। ‘मिर्जापुरः द मुभी’ हलमा उत्रिएसँगै बक्स अफिसमा तहल्का मच्चिएको छ। प्रदर्शनको सुरुवातमै आक्रामक कमाइ गर्दै फिल्मले पुराना बक्स अफिस दिग्गजलाई समेत पछि पारेको छ।

अन्य चलचित्र दर्शक तान्न संघर्ष गरिरहेका बेला ‘मिर्जापुरः द मुभी’ भने सकारात्मक प्रतिक्रियाको बलमा लगातार बलियो देखिएको छ। प्रदर्शनको पहिलो दिनमै फिल्मले उल्लेख्य कमाइ गर्दै कीर्तिमानतर्फ संकेत गरेको छ।

फिल्मको प्रभाव ‘टक्सिक’ र ‘हनुमान अंश’ जस्ता चलचित्रमा समेत परेको बताइएको छ। विशेषगरी ‘टक्सिक’को कमाइमा ‘मिर्जापुर’को प्रभाव देखिएको चर्चा भइरहेको छ।

दर्शकबाट मिलेको राम्रो प्रतिक्रिया र ‘मिर्जापुर’ ब्रान्डप्रतिको आकर्षणले फिल्मको व्यापारलाई सुरुवाती दिनमै बलियो बनाएको हो। अब यसको कमाइ आगामी दिनमा कहाँसम्म पुग्छ भन्नेमा बलिउडको नजर छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *