`

प्रधानसेनापति अशोकराज सिग्देल चीन प्रस्थान

Nepal One HD २८ भदौ २०८३ १३:१४
बिशेष

काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देल चीनको बेइजिङ प्रस्थान गरेका छन् ।

उनी चीनको औपचारिक निमन्त्रणापछि भ्रमणमा निस्किएका हुन् । यही १३-१९ सेप्टेम्बरसम्म हुने औपचारिक भ्रमणका दौरान उनी बेइजिङमा आयोजना हुने १३औँ सियाङ्सान फोरममा सहभागी हुने नेपाली सेनाले जनाएको छ ।

चीन प्रस्थान गर्नुअघि प्रधानसेनापति सिग्देललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी प्रदीपजङ्ग केसीले बिदाइ गरेका थिए ।

नेपाली सेनाले दुई देशबीचको आपसी सैनिक सम्बन्ध र सैनिक कूटनीतिमार्फत नेपालको परराष्ट्र नीतिमा योगदान पुग्ने विश्वास गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *