भोटेकोशी बाढीपीडितलाई एसएलएमजेले गर्यो आर्थिक सहयोग
मनोरञ्जन
काठमाडौं । गीत, संगीत, साहित्य तथा सामाजिक कार्यमा सक्रिय स्मुल लाइन म्युजिकल जर्नी (एसएलएमजे)ले रसुवाको भोटेकोशी बाढीपीडितलाई ४१ हजार ५ सय रुपैयाँ सहयोग गरेको छ ।
संस्थाकी प्रमुख संस्थापिका कर्मु शेर्पाको नेतृत्वमा सहयोग अभियान सञ्चालन गरिएको गीतकार गजेन्द्र राईले बताए ।
गत भदौ १० गते भोटेकोशीमा आएको प्रलयकारी बाढीबाट भएको जनधनको क्षतिलाई मध्यनजर गर्दै संस्थाले आर्थिक सहयोग गरेको जनाएको छ ।
राईका अनुसार संस्थाका सदस्यसँगै बाहिरी सहयोगी दाताहरूको समेत आर्थिक सहयोग गरेका हुन् ।
‘संगीत सृजना तपाईं हाम्रो आवाज, नयाँ प्रतिभालाई उत्थान गरौँ सबै माझ’ भन्ने मूल नाराका साथ अघि बढेको (एसएलएमजे) ले विपत्तिमा परेका नागरिकलाई सकेको सहयोग गर्नु सामाजिक दायित्व भएको जनाएको छ ।
संस्थाले सहयोगी सबैप्रति धन्यवाद व्यक्त गरेको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
