`

जलवायु परिवर्तनलाई राष्ट्रिय सुरक्षाको केन्द्रमा राख्नुपर्छ : गगन थापा

Nepal One HD २ असोज २०८३ १९:१६
राजनीति

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले जलवायु परिवर्तनको विषयलाई राष्ट्रिय सुरक्षा र नेपालको अन्तर्राष्ट्रिय कूटनीतिसँग जोडेर हेर्नुपर्ने बताएका छन् ।शुक्रबार कांग्रेसको ‘ग्रिन टेबल’ कार्यक्रममा बोल्दै थापाले भोटेकोशीमा आएको विनाशकारी बाढीले नेपाललाई जलवायु परिवर्तनका विषयमा नयाँ ढंगले सोच्नुपर्ने सन्देश दिएको बताए ।उनले भने, ‘हामीले हाम्रो नेसनल सेक्युरिटीको कुरा अर्कै कोठामा बसेर, क्लाइमेट चेन्जको कुरा अर्कै कोठामा बसेर गर्ने, कूटनीतिको कुरा अर्कै कोठामा बसेर गर्ने के यो सुविधा हामीसँग छ ?’

थापाले नेपालका संस्थाहरूले बहुविषयगत रूपमा काम गर्न सक्ने संरचना बनाउनुपर्ने बताए । जलवायु परिवर्तन, राष्ट्रिय सुरक्षा र कूटनीतिलाई छुट्टाछुट्टै विषयका रूपमा हेर्न नहुने उनको भनाइ थियो ।थापाले प्रधानमन्त्रीको आसन्न संयुक्त राष्ट्रसंघको महासभा र कोप सम्मेलनको सहभागितामा विगतमा नेपालले उठाउँदै आएका विषयको निरन्तरता र दीर्घकालीन राष्ट्रिय हितलाई ध्यान दिनुपर्ने बताए ।

भोटेकोशी बाढीबाट प्रभावित परिवारको अवस्थाले आफूलाई गम्भीर बनाएको उल्लेख गर्दै थापाले उद्धार, राहत र पुनःस्थापनासँगै प्रभावित क्षेत्रको दीर्घकालीन जीविकोपार्जनका विषयमा पनि ध्यान दिनुपर्ने बताए ।

उनले रसुवालगायत क्षेत्रमा धेरै परिवारले आफ्ना आफन्त गुमाएको, कतिपय परिवारले शवसमेत प्राप्त गर्न नसकेको र ठूलो संख्यामा मानिस घरबारविहीन भएको बताए ।थापाले विपद्पछि केही दिनसम्म मात्रै चासो दिने प्रवृत्ति अन्त्य गर्नुपर्नेमा जोड दिए ।  ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *