बेलबारीबाट समातिए राजनीतिक विश्लेषक भरत दाहाल
बिशेष
विराटनगर । राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन्। उनलाई मोरङको बेलबारीबाट प्रहरीले नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी कवित कटुवालका अनुसार साइबर ब्युरोमा परेको उजुरीका आधारमा दाहाललाई पक्राउ गरिएको हो।
‘साइबर ब्युरोको अनुरोधमा पक्राउ गरेका हौँ। आवश्यक कारबाहीका लागि ब्युरोलाई जिम्मा लगाइनेछ,’ एसपी कटुवालले भने।
दाहालविरुद्ध पक्राउ अनुमति लिएर उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। पक्राउ अनुमति काठमाडौं जिल्ला अदालतबाट लिइएको बताइएको छ।
एक कार्यक्रमका लागि दाहाल मोरङ पुगेका थिए। पक्राउपछि उनलाई आवश्यक अनुसन्धानका लागि काठमाडौं पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
