`

बाढीपछि ‘स्ट्रे किड्स’ ब्याङ चानले गरे २० करोड वन सहयोग

Nepal One HD ४ असोज २०८३ १२:२२
मनोरञ्जन

एजेन्सी । के-पप समूह ‘स्ट्रे किड्स’ का सदस्य ब्याङ चानले २० करोड वन (१ लाख ४४ हजार २९५ अमेरिकी डलर)  सहयोग गरेका छन् ।

उक्त  रकम दक्षिण कोरियामा पुनर्स्थापना उपचार र नेपालमा गएको भीषण बाढीपछिको पुनर्लाभका कार्यमा प्रयोग हुने जेवाईपी इन्टरटेनमेन्टले जनाएकाे छ ।

ब्याङ चानले सोल पुनस्र्थापना अस्पताल र युनिसेफका लागि कोरियाली समितिलाई १०-१० करोड वन सहयोग गरेका हुन् ।

सोल पुनर्स्थापना अस्पताललाई दिइएको रकम बिरामीको उमेर र स्वास्थ्य अवस्थाअनुसार विशेषीकृत पुनस्र्थापना केन्द्र स्थापना गर्न प्रयोग हुनेछ ।

 युनिसेफ कोरियालाई दिइएको रकमचाहिँ नेपालमा हालै आएको ठूलो बाढीबाट प्रभावित समुदायको पुनर्लाभका कार्यमा खर्च हुनेछ ।

ब्याङ चानले पछिल्ला वर्षहरूमा निरन्तर सहयोग गर्दै आएका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *