`

पशुपतिनाथ र बुद्धको सन्देश दिँदै बालेनले टुंग्याए यूएन सम्बोधन

Nepal One HD ९ असोज २०८३ ६:४९
बिशेष

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै विश्व शान्ति र मानव कल्याणको कामना गरेका छन्।

सम्बोधनको अन्त्यमा प्रधानमन्त्री शाहले नेपालको आध्यात्मिक तथा सांस्कृतिक पहिचानसँग जोडिएका पशुपतिनाथ र गौतम बुद्धको सन्देशलाई विश्व शान्तिसँग जोडे।

उनले भने, ‘भगवान् पशुपतिनाथले विश्वको कल्याण गरुन् । यो विश्व बुद्धले देखाएको बाटोमा हिँड्न सकोस् । धन्यवाद, नमस्ते।’

प्रधानमन्त्री शाहले पशुपतिनाथको नाम लिँदै विश्व कल्याणको कामना गरे। त्यसपछि गौतम बुद्धले देखाएको शान्ति र अहिंसाको बाटोमा विश्व अघि बढ्नुपर्ने सन्देश दिए।

नेपालको आध्यात्मिक र सांस्कृतिक पहिचानलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्दै उनले आफ्नो सम्बोधन टुंग्याएका हुन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *