`

हुम्लामा कांग्रेसको गाउँ अधिवेशन सम्पन्न

Nepal One HD १० असोज २०८३ ६:४९
नेपाली कांग्रेस

हुम्ला । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत हुम्लाका सबै सात गाउँपालिकाको अधिवेशन सम्पन्न भएको छ । जिल्ला सभापति मोहनविक्रम सिंहका अनुसार जिल्लाका ४४ वडामध्ये ४२ वडाको अधिवेशन पनि सम्पन्न भइसकेको छ ।

गाउँपालिका अधिवेशनबाट नाम्खा गाउँपालिकाको सभापतिमा पेमा लामा, सिमकोटमा बलवीर शाही, खार्पुनाथमा बसन्त शाही, ताँजाकोटमा रणबहादुर रिठाल, अदानचुलीमा जीवन बुढा र सर्केगाडमा सुवास रावत सर्वसम्मत चयन भएका छन् ।गाउँ तथा वडा अधिवेशनपछि अब महाधिवेशन प्रतिनिधि छनोट प्रक्रिया प्रारम्भ हुने जानकारी सभापति सिंहले दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *