वर्षाका कारण कांग्रेसका क्षेत्रीय अधिवेशन स्थगित
नेपाली कांग्रेस
काठमाडौं । लगातारको वर्षाका कारण नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत शनिबार तय भएका प्रदेशसभा र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन विभिन्न जिल्लामा स्थगित भएका छन् ।
निर्वाचन अधिकृतहरूका अनुसार ओखलढुंगा, भोजपुर, रामेछाप, काभ्रेपलाञ्चोक र कास्कीमा तय भएका अधिवेशन स्थगित भएका हुन् । मौसम प्रतिकूल भएका कारण अधिवेशन सञ्चालनमा कठिनाइ भएपछि स्थगित गरिएको जनाइएको छ ।
मौसम अनुकूल रहेका जिल्लामा भने पूर्वनिर्धारित कार्यतालिकाअनुसार अधिवेशन सञ्चालन गर्न भनिएको छ । केन्द्रीय निर्वाचन समितिले प्रतिकूल मौसम भएका क्षेत्रमा १३ असोजभित्र अधिवेशन सम्पन्न गर्न जिल्ला निर्वाचन अधिकृतहरूलाई निर्देशन दिएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
