`

प्रतिकूल मौसमका कारण देशभर हवाई उडान प्रभावित

Nepal One HD ९ असोज २०८३ १२:५३
समाचार

काठमाडौं । प्रतिकूल मौसमका कारण काठमाडौंसहित देशभरका केही विमानस्थलमा हवाई उडान प्रभावित भएका छन्। विशेषगरी भिजिबिलिटी कम हुँदा आन्तरिकतर्फका केही उडान रद्द तथा केही उडान ढिला भएका छन्।

त्रिभुवन विमानस्थल कार्यालयका अनुसार मौसममा आएको खराबीका कारण तुम्लिङटार, भरतपुर र पोखरा विमानस्थलका उडान प्रभावित भएका हुन्।

तुम्लिङटारका लागि बुद्ध एयरको निर्धारित उडान रद्द भएको छ। यस्तै, भरतपुरका लागि बुद्ध एयरका तीनवटा उडानसमेत रद्द भएका छन्।

पोखरा विमानस्थलमा भने मौसम अनुकूल हुने प्रतीक्षामा केही उडान ढिला भएका छन्। अन्य गन्तव्यतर्फका आन्तरिक उडान भने सञ्चालनमा रहेको विमानस्थल कार्यालयले जनाएको छ।

यसैबीच, अन्तर्राष्ट्रिय उडानहरू भने हाल सामान्य रूपमा सञ्चालन भइरहेका छन्। मौसममा थप परिवर्तन आएमा आन्तरिक हवाई उडानमा थप असर पर्न सक्ने भएकाले यात्रुहरूलाई आफ्नो उडानको अवस्था सम्बन्धित विमान कम्पनीसँग बुझेर मात्र विमानस्थल जान आग्रह गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *