`

पाल्पामा दुई ठाउँमा पहिरो, सिद्धार्थ राजमार्ग अवरुद्ध

Nepal One HD ९ असोज २०८३ ११:२१
समाचार

काठमाडौं । लगातारको वर्षासँगै पाल्पाका दुई स्थानमा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ।

तिनाउ गाउँपालिका–५ अन्तर्गत चरचरे र जोरधाराबीच सिद्धार्थ राजमार्गमा सडक माथिबाट पहिरो खसेको हो। पहिरोका कारण केही समयदेखि सडक पूर्ण रूपमा अवरुद्ध हुँदा सवारीसाधन बीच बाटोमै रोकिएका छन्।

पहिरो हटाएर सडक सञ्चालनमा ल्याउन आवश्यक समन्वय भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

यस्तै, रिब्दीकोट गाउँपालिका–५ स्थित माराबास र बोदीको बतासे हुँदै रैनादेवी छहरा गाउँपालिका जाने भित्री सडकमा पनि पहिरो खसेको छ। पहिरोका कारण उक्त सडकखण्डसमेत अवरुद्ध भएको प्रहरीले जनाएको छ।

दुवै स्थानमा पहिरो हटाएर सडक खुलाउने प्रयास भइरहेको छ।

लगातार वर्षा भइरहेकाले पहिरो हटाएर सडक सञ्चालनमा आएपछि पनि पुनः पहिरो खस्न सक्ने जोखिम रहेको छ। प्रहरीले सडकको अवस्था बुझेर सावधानीपूर्वक यात्रा गर्न यात्रुलाई आग्रह गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *