एमालेभित्र अब अनुशासनहीनता नचल्ने ओलीको चेतावनी, उल्लंघन गर्नेमाथि कारबाही गर्ने घोषणा
नेकपा एमाले
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अब अन्य कुनै पनि राजनीतिक दलसँग पार्टी एकता नगर्ने बताएका छन् ।
कोशी, मधेस, बागमती, उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेशका सचिवालय सदस्यहरूलाई भर्चुअल सम्बोधन गर्दै ओलीले अन्य दलसँग पार्टी एकताको चर्चा गर्नु समयको बर्बादी मात्र हुने बताएका हुन् ।
‘अन्य कुनै दलसँग पार्टी एकताको चर्चा समयको बर्बादी मात्रै हो,’ ओलीले भने, ‘अन्य शक्तिहरूसँग चुनावी तालमेल वा विषयगत कार्यगत एकता हुन सक्छ तर अनावश्यक झमेलामा फस्ने गरी पार्टी एकताको चर्चा उपयुक्त छैन।’
उनले हालै सम्पन्न केन्द्रीय कमिटी बैठकपछि पार्टीभित्रको सन्देह अन्त्य भएको दाबी गर्दै अब अराजकता र अनुशासनहीनता स्वीकार्य नहुने बताए ।
‘केन्द्रीय कमिटीको बैठकबाट पार्टीभित्रको सन्देह सकिएको छ। अब अराजकता र अनुशासनहीनता चल्दैन,’ उनले भने ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
