सुनचाँदीको मूल्यमा वृद्धि
अर्थ समाचार
स्थानीय बजारमा आज बुधबार सुनचाँदीको मूल्य बढेको छ। सुनको मूल्य प्रतितोला रु दुई हजार ८०० र चाँदीको मूल्य प्रतितोला रु ३० ले वृद्धि भएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य प्रतितोला रु दुई लाख ९३ हजार ३०० पुगेको छ। त्यस्तै, चाँदीको मूल्य प्रतितोला रु चार हजार ४२५ कायम भएको छ।
मङ्गलबार छापावाल सुन प्रतितोला रु दुई लाख ९० हजार ५०० तथा चाँदी प्रतितोला रु चार हजार ३९५ मा कारोबार भएको थियो।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
