`

सडक आन्दोलनदेखि निर्वाचनसम्म एमाले र मसालसँग सहकार्य गरेर अघि बढ्ने प्रचण्डको घोषणा

Nepal One HD १८ असोज २०८३ ८:४६
नेकपा एमाले

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विचार मिल्ने कम्युनिस्ट शक्तिसँग सहकार्य र एकतालाई अघि बढाउने बताएका छन् ।काभ्रेमा आयोजित पार्टी एकता बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले आगामी सडक आन्दोलनदेखि निर्वाचनसम्म नेकपा एमाले र नेकपा मसालसँग सहकार्य गर्ने बताए। उनका अनुसार एमाले र मसालसँग कार्यगत एकता सुरु भइसकेको छ

।उनले भने, ‘आउने दिनमा सडक आन्दोलन, सदनभित्रको बहस-छलफल तथा स्थानीय र प्रदेशसभाको निर्वाचनमा पनि यो सहकार्यलाई सुदृढ गर्दै जानुपर्छ।’

प्रचण्डले आगामी दिनमा सडक आन्दोलन, सदनभित्रको बहस तथा स्थानीय तह र प्रदेशसभा निर्वाचनमा सहकार्यलाई थप सुदृढ बनाउने बताए।

उनले पार्टी संगठनलाई चुस्त र ऊर्जावान् बनाउँदै नेतृत्वमा युवाको सहभागिता बढाउने पनि बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *