`

लोकतन्त्र, सार्वभौमसत्ता, विकास र समृद्धिका लागि कांग्रेससँग मिलेर काम गर्न एमाले तयार छ – शंकर पोखरेल

Nepal One HD १८ असोज २०८३ १७:४३
नेकपा एमाले

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले लोकतन्त्र, सार्वभौमसत्ता, विकास र समृद्धिका लागि नेपाली कांग्रेससँग मिलेर काम गर्न एमाले तयार रहेको बताएका छन्।

आइतबार काठमाडौंमा सुरु भएको कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले मुलुकका चुनौती सामना गर्न राजनीतिक दलहरू एक ठाउँमा उभिनुपर्ने बताए।

पोखरेलले लोकतन्त्रको रक्षा, राष्ट्रियता र सार्वभौमसत्ताको संरक्षणका लागि दलहरूबीच सहकार्य आवश्यक रहेको बताए। जलवायु परिवर्तनका कारण बढ्दो प्राकृतिक विपत्तिको सामना गर्न पनि साझा प्रयास आवश्यक रहेको उनको भनाइ थियो।

उनले जनताले सुशासन, प्रभावकारी सेवा र तीव्र विकास खोजे पनि अपेक्षाअनुसार प्रगति हुन नसकेको बताए। नयाँ पुस्ताका सपना निराशामा बदलिन नहुने भन्दै रोजगारीका अवसर सिर्जना गर्नुपर्नेमा उनले जोड दिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *