`

देश शान्त देखिए पनि जनतामा ठूलो असन्तुष्टि र आक्रोश छ – गगन थापा

Nepal One HD १९ असोज २०८३ १९:२४
नेपाली कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक बाहिरबाट शान्त देखिए पनि जनतामा असन्तुष्टि र आक्रोश बढ्दै गएको बताएका छन्।

सोमबार कांग्रेसको १५औँ महाधिवेशनको बन्दसत्रमा बोल्दै थापाले जुनसुकै बेला ठूलो जनउभार आउनसक्ने पार्टीको विश्लेषण रहेको बताए।

दुई तिहाइ बहुमतको सरकार रहेकाले मुलुक सामान्य देखिए पनि समाजभित्र ठूलो बेचैनी र फ्रस्टेसन रहेको उनको भनाइ छ। सुनसरीलगायत पूर्वी तराईमा देखिएको साम्प्रदायिक तनावले सानो घटनाले पनि ठूलो समस्या निम्त्याउन सक्ने उनले बताए।

थापाले जनताको असन्तुष्टिको कारण पहिचान गरी समाधान गर्न सरकार गम्भीर हुनुपर्ने बताए। रोजगारीका लागि दैनिक करिब २ हजारदेखि २ हजार ५ सय नेपाली विदेशिने क्रम रोक्न देशभित्रै रोजगारी सिर्जना गर्नुपर्नेमा उनले जोड दिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *