`

सौगात मल्लको ‘जुबा’को छायाङ्कन सकियाे

Nepal One HD २१ असोज २०८३ १३:२४
मनोरञ्जन

काठमाडौं । अभिनेता सौगात मल्लको मुख्य भूमिका रहेको चलचित्र ‘जुबा’को छायाङ्कन पूरा भएको छ। अस्त्र फिल्मसको ब्यानरमा निर्माण भएको चलचित्रको छायाङ्कन ९० दिनमा सकिएको निर्माण पक्षले जनाएको छ।

चलचित्रको छायाङ्कन नेपालका विभिन्न स्थानसँगै भारतको राजस्थानमा गरिएको हो। सर्लाही, दाप्चा, काठमाडौं र भक्तपुरमा दृश्य खिचिएपछि निर्माण टोली राजस्थान पुगेको थियो।

त्यस्तै,  सजन थापा निर्मात्री रहेको चलचित्रमा शेखर पाण्डे सहनिर्माताका रूपमा छन्। प्रकाश कर्णले कथा तथा निर्देशन सम्हालेका छन् भने पटकथा तथा लेखन वर्षा पौडेलको रहेको छ।

‘जुबा’मा सौगातसँगै सोफी धरेल र सुधन पोखरेल मुख्य भूमिकामा छन्। सोफीले यही चलचित्रबाट नेपाली फिल्ममा अभिनय यात्रा सुरु गर्न लागेकी हुन्।

निर्माण पक्षले चलचित्रको कथावस्तु भने अहिले सार्वजनिक गरेको छैन। साथै, लामो समय लगाएर विभिन्न भौगोलिक क्षेत्रमा छायाङ्कन गरिएको चलचित्रको प्रदर्शन मिति पनि सार्वजनिक हुन बाँकी छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *