वीरगञ्जमा विद्युतीय भ्यानको ठक्करबाट एक जनाको मृत्यु
समाचार
पर्सा । वीरगञ्ज महानगरपालिका–१६ भानु चोकमा विद्युतीय सवारी साधन (भ्यान) ले ठक्कर दिँदा स्थानीय ४५ वर्षीया मीराकुमारी गुप्ताको मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार वीरगञ्जबाट पथलैयातर्फ जाँदै गरेको बा प्र ०३–००१ ज ०७२० नम्बरको उक्त सवारी साधनले पैदलयात्रु गुप्तालाई ठक्कर दिएको थियो ।
दुर्घटनामा टाउको र दाहिने गोडामा गम्भीर चोट लागि घाइते हुनुभएकी गुप्ताको वीरगञ्जस्थित न्युरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।उक्त दुर्घटनापछि भ्यानका चालक सिन्धुली कमलामाई नगरपालिका–२ का ६० वर्षीय रामकुमार कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
