नेपाली र नेपालभाषाका सङ्गीतकर्मी रत्न बेहोसीको निधन
मनोरञ्जन
काठमाडौं – रचनाकार, सङ्गीतकार, लोकगायक तथा नाटककार रत्न बेहोसी (रत्न बज्राचार्य)को ९१ वर्षको उमेरमा निधन भएको छ। नेपाली तथा नेपालभाषाको गीत–सङ्गीत क्षेत्रमा ६ दशकभन्दा बढी योगदान दिएका बेहोसीको हिजो निधन भएको सञ्चारकर्मी सुरजवीर बज्राचार्यले जानकारी दिएका छन्।
गायन, सङ्गीत सिर्जना, रचना तथा नाटक क्षेत्रमा सक्रिय बेहोसीका ‘मलाई मेरो देशको सिन्दूर लाउन मन छ’ र नेपालभाषाको ‘सु मदुगु ताक स्वया वा’ चर्चित गीत हुन्। नेपाली र नेपालभाषाको सङ्गीत क्षेत्रका धरोहरका रूपमा स्मरण गरिने उनको हिजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
