`

कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य

Nepal One HD २४ असोज २०८३ १८:४०
राजनीति

विराटनगर। कोशी प्रदेशसभाको चालु नवौँ अधिवेशन आज राति १२ बजेदेखि अन्त्य भएको कोशी प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख परशुराम खापुङले प्रदेश सरकारको सिफारिसका आधारमा अधिवेशन अन्त्य गर्नुभएको प्रदेश प्रमुख कार्यालयका सूचना अधिकारी सम्पूर्ण थापाद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *