कोरलानाकाबाट तीन महिनामै साढे आठ अर्बभन्दा बढी राजस्व संकलन
अर्थ समाचार
कोरलानाकास्थित मुस्ताङ भन्सार कार्यालयले चालु आवमा रु नौ अर्ब राजस्व जम्मा गर्ने लक्ष्य राखेको छ। कार्यालयले तीन महिना नपुग्दै (९३.५३) प्रतिशत राजश्व जम्मा गर्न सफल भएको ।
लक्ष्य पूरा हुुन रु ६७ करोड १७ लाख अर्थात (७.४६) प्रतिशत मात्रै राजस्व जम्मा गर्न बाँकी छ। उल्लेखनीय राजश्व वृद्धि हुनुको मुख्य कारण तातोपानी नाका र रसुवागढी नाका बन्द भएकाले हो।
तातोपानी र रसुवागढी नाका पूर्ण रुपमा बन्द हुँदा त्यहाँबाट हुने निकासी तथा पैठारी मार्ग कोरलानाका विकल्प बनेको छ।
चालु वर्षको साउन महिनादेखि असोज २७ गतेसम्मको अवधिमा रु १९ अर्ब ४० करोड ६७ लाख बराबरको मालवस्तु पैठारी भएको छ।
यसैगरी रु ३७ लाख ७८ लाख मूल्य बराबरको मालवस्तु नेपालबाट चीनतर्फ निकासी भएको भन्सार विभागले जनाएको छ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
