`

बनेपामा ग्यास बुलेटको ठक्करले ९ वर्षीय बालकको मृत्यु

Nepal One HD १ कार्तिक २०८३ १४:२०
समाचार
काठमाडौं । काभ्रेको बनेपामा तीव्र गतिमा आएको ग्यास बुलेटले मोटरसाइकललाई ठक्कर दिँदा ९ वर्षीय बालकको मृत्यु भएको छ भने उनका आमाबुबा गम्भीर घाइते भएका छन्।

बनेपा नगरपालिका-१३ भैँटेपाटीमा भएको दुर्घटनामा खोटाङको ऐसेलुखर्क गाउँपालिका-६, ज्यामिरेका जुवास बुढाथोकीको मृत्यु भएको हो।

त्यस्तै,  दुर्घटनामा घाइते भएका बालकका आमाबुबाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। उनीहरूको सिर मेमोरियल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मीनबहादुर घलेले जानकारी दिए।

साथै, दुर्घटनापछि ठक्कर दिने ग्यास बुलेटका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *